राजनीति

कांग्रेसको केन्द्रिय समितिकोे बैठक आज बस्दैः १४ महाधिवेशनको कार्यतालिका हेरफेर हुने

१६ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समितिकोे बैठक आज दिउँसो बस्ने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा १४ महाधिवेशनको कार्यतालिका हेरफेर हुने केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

आईतबार कांग्रेस केन्द्रिय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले १४ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न मंगलबार बैठक डाकेको थियो ।

यस्तै कांग्रेसले यसअघि महाधिवेशन आउँदो फागुन ७ गतेदेखि १० गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो, तर कोरोना महामारीका कारण संक्रमण फैलिँदै गएपछि महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको छ ।

कोरोनाका कारण लकडाउन भएपछि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सबै अनिश्चितकालका लागि स्थगित गरेको थियो ।