खेलकुद

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष पछि

एजेन्सी । बंगलादेशमा तय भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष पछि सरेको छ । कोरोना भाइरसको महामारीको कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको हो । अब प्रतियोगिता सन् २०२१ मा हुनेछ । यस अघि १३ औं संस्करणको साफ च्याम्पियनसिप सेप्टेम्बरमा हुने तय थियो ।

बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको थियो । सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो । उक्त संस्करणमा भारतलाई २–१ ले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो । नेपाल भने सेमिफाइनलसम्म पुगेको थियो ।

यस्तै महिला र पुरुषको साफ यू–१५ च्याम्पियनसिप र साफ यू-१८ वुमन्स च्याम्पियनसिप भने सेप्टम्बरको बैठकले तय गर्ने निर्णय गरेको छ ।