पु.समाचार

स्रोत नखुलेको रु ६५ लाख सहित दुई पक्राउ

१५ असार, काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६५ लाख आठ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई आज काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका शङ्करसँग रु ६३ लाख र रमेशसँग रु दुई लाख आठ हजार प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरु बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ परिसरले जनाएको छ ।