कृषि

उत्पादन वृद्धि गर्न अनुदानमा कृषि सामग्री प्रदान

१५ असार, तम्घास । गुल्मीको मदाने गाउँपालिकाले कृषि र कृषिजन्य सामग्रीको उत्पादनमा वृद्धि गर्न ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ ।
वडा नम्बर १ अग्लुङमा २८ लाख बराबर मिनी ट्रिलर (सानो हलो, हाते ट्रयाक्टर), थ्रेसर (कोदो चुट्ने मेसिन), प्लाष्टिक टनेल, त्रिपाललगायत सामग्री वितरण गरिएको मदाने गाउँपालिका कृषि शाखा प्रमुख हुमबहादुर थापाले जानकारी दिए । उक्त सामग्री उपलब्ध गराउन १४ लाख कृषकबाट उठाइएको र बाँकी अनुदान दिइएको हो ।