पु.समाचार

थपिए ४७६ जना कोरोना संक्रमित, नेपालमा पुगे १३ हजार २४८ जना

१५ असार, काठमाडौं । आज ४७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा पुष्टी गरेका हुन् ।

पत्रकार सम्मेलनमा बताईएका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ जना पुगेको छ ।