पु.समाचार

नेपालको राष्ट्रिय अर्थतन्त्रमा समेत धानको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री

१५ असार काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नोलको राष्ट्रिय अर्थतन्त्रमा कधानको महत्वपुर्ण योगदान रहेको बताएका छन् ।

१७ औं राष्ट्रिय धान दिवश रोपाईँ महोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले परापूर्वकाल देखि नै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र साँस्कृतिक महत्व रहँदै आएकोले राष्ट्रिय अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान रहेका उल्लेख गरेका छन ।

साथै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार कृषि क्षेत्रको विकास र बृद्धि भएको पनि बताएका छन् । ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण आवश्यक भएको स्पष्ट पारेका छन् ।

नेकपा अध्यक्ष समेत रहेका ओलीले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण विश्व आक्रान्त भएकाले ओलीले सानो अर्थतन्त्र भएको मुलुक नेपालमा यसको प्रभाव झनै ठूलो पर्ने आँकलन गरेका छन । उनले पर्यटन र अरु त्यस्तै व्यवसायहरुमा गम्भीर असर परेको विषम परिस्थितिमा कृषि र कृषिसम्बद्ध क्षेत्रले रोजगारीका अनेकन् अवसरहरु सिर्जना गर्नुपर्ने खाँचो रहेको औंल्याएका छन् ।

ओलीले देशभित्र तथा विदेशमा रोजगारी गुमाएको जनशक्तिलाई रोजगारीका त्यस्ता अवसरहरु र जिविकाको सुनिश्चित आधार उपलब्ध गराउनुपर्ने आवश्यकता महसुस गरेका छन् । उनले कृषिमा आधारित साना, घरेलु र मझौला उद्योगहरु मार्फत उपभोग्य कृषि वस्तुको उत्पादनमा जोड दिँदै आत्मनिर्भर बन्न जोड दिएका छन् ।

ओलीको शुभकामना वक्तव्यमा भनिएको छः खाद्य संप्रभूताको प्रत्याभूति गर्ने महान दायित्व र संकल्पको कार्यान्वयनका लागि नेपालमा कोही भोकै पर्दैन र कोही भोकले मर्दैन भन्ने वर्तमान सरकारको नारा अनुरुप आधारभूत खाद्य वस्तुमाथि सबै नागरिकको पहुँच कायम गराउन सकियोस् भन्नेमा हामीले विशेष प्रयाश गरिरहेका छौं ।