राजनीति

ओलीलाई हटाएमा उनकै पार्टी नेकपाले प्रधानमन्त्रीबाट हटाउँछः डा भट्टराई

१४ असार, काठमाडौं । समाजादी जनता पार्टीका नेता डा बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई पूधानमन्त्रीबाट हटाउन पाईने भन्ने उनको पार्टी नेकपा बाहेक अरुको संबिधानमा अधिकार नभएको बताएका छन् ।

उनले ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई, ‘अहिले हटाए नक्सा छापेको करणले हुने! भोली सलहले दुख दिएको बेला हुने! पछि बाढीपैरो आएको बेला हुने! अलिपछि दशैंतिहारको बेला हुने ! अनि जाडोको बेला हुने! उचित बेला चैं कैले रच हँ ? भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज मदन भण्डारीको जन्मजन्तीको अवशरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै आफूलाई बिभिन्न शक्तीकेन्द्रहरुले हटाउन लागि परेको बताएका थिए ।

ओलीले आफूलाई कसैले पनि हटाउन नसक्ने भन्दै आफूलाइ हटाए नेपालको हीतको बिषयमा अरु कुनैपनि प्रधानमन्त्रीले बोल्न नसक्ने कडा अभिब्यक्ती दिएका थिए । प्रधानमन्त्री ओलीको आजका अभिब्यक्तीको कटाक्ष गर्दै डा भट्टराईले उक्त टिप्पणी गरेका हुन् ।