सामाजिक सञ्जाल

प्रधानमन्त्री ओली प्रशिक्षण चिनियाँ कम्युनिष्टसँग लिन्छन् तर ट्रम्प पथमा हिँड्छन्ः नेता गुरुगं

१४ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले कपाका नेताहरुलाई २ वर्ष पहिले चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ राष्ट्रपति ‘सि जिनफिगं’पथ बारे प्रशिक्षण दिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पपथमा भएको जिकिर गरेका छन् ।

नेता गुरुगंले ट्रम्पले चिनियाँ भाइरस भने पछि प्रधानमन्त्री ओलीले पनि ईन्डियन भाइरस भनेर ठोकिदिएको उदाहरण दिँदै ट्रम्प पथमा प्रधानमन्त्री ओली भएको व्यंग्य गरेका हुन् ।  नेता गुरुगंले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी भएपछि भूमि फिर्ता गर्न कुशल कुटनीतिको अभाव खड्किरहेको बताएका छन् ।

नेता गुरुगंको ट्वीटः नेकपाका नेताहरुलाई २ वर्ष पहिले चिनियाँ कम्युनिष्ट पार्टीले सिपथ बारे प्रशिक्षण दिएको थियो। तर प्र.म.ज्यु भने ट्रम्पपथमा हुनुहुन्छ। ट्रम्पले चिनियाँ भाइरस भने पछि प्रम ओलीले पनि ईन्डियन भाइरस भनेर ठोकिदिए। तर अहिले नक्शा जारी पछि भुमी फिर्ता गर्न कुशल कुटनीतिको अभाव खड्किरहेको छ।