राजनीति

कसैले पनि मलाई हटाएर प्रधानमन्त्री बन्ने सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर कसैले पनि प्रधानमन्त्री बन्न नसके बताएका छन् ।

उनले बिभिन्न देशका राजदूतहरु आफूलाई हटाउन लागि परेको सूचना आफूले पाएको बताउँदै आफूले कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत नक्सा जारी गरेकोमा रिसाएर सरकार परिवर्तन गर्ने खेलमा लाग्नु गलत भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले अहिलेको राष्ट्रियता त्यति कमजोर नरहेको भन्दै प्रधानमन्त्री बन्न खोज्ने कसैले पनि बहकाउमा नलागे हुन्छ भन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल र बरिष्ठ नेता माधवकुमार नेपाललाई व्यंग्य गरेका छन् ।
स्थायी समिति बैठक चलिरहेका बेला आजको मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउँदै प्रधानमन्त्री बन्न खोज्नेका लागि गतिलो जवाफ दिएका हुन् ।

आज मदन भण्डारीको जन्मजयन्ती र भोली असार १५ को अवशरमा स्थायी समिति बैठक स्थगीत भएको छ भने १६ गते नेकपा स्थायी समिति बैठक जारी छ । उनले आफूलाई हटाएर प्रधानमन्त्री बन्ने दिवास्वप्न नदेख्न चेतावनी दिएको संकेत गरेका छन् ।