कृषि

साताभित्रै २५ हजार फलफूल रोपिँदै

१३ असार, महोत्तरी । महोत्तरीका गाउँ/नगर बस्तीमा क साताभित्रै २५ हजार फलफूलका बिरुवा रोपिएका छन् ।

गरिब किसानलाई लक्षित गरी डिभिजन वन कार्यालय महोत्तरीले उपलब्ध गराएका २५ हजार फलफूलका बिरुवा यही असार दोस्रो साताभित्रै रोपिएका हुन् । जिल्लामा फलपूmलका बिरुवा व्यापक बढाउन कार्यालयले असार दोस्रो साताको प्रारम्भमै निःशुल्क बिरुवा वितरण थालेको हो ।

महोत्तरीमा ‘घरघरै फल फलाऔँ, फलमा आत्मनिर्भर बनौँ’ अभियान थालिएको छ । यस अभियानअन्तर्गत पहिलो चरणमा यो साता २५ हजार बिरुवा रोपिएको कार्यालयले जनाएको छ । थोरै जग्गा हुनेको करेसामा पनि कम से कम एउटा फलपूmलको बिरुवा हुर्काउन अभिप्रेरित गरिँदै गरिब किसानलाई लक्षित गरी वितरण गरी रोपिएका हुन् । रोपिएका बिरुवामा आम्रपाली, बम्बई, दसहरि, मालदह र कलकतिया जातका आँप, अम्बा, लिची, कागती, अनार, मेवा, कटहर (रूखकटहर), अमला र बडहर जातिका फल रहेका डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए ।

फलफूलका बिरुवा जिल्लाका माईस्थान (बर्दिवास), लक्ष्मीनियाँ (गौशाला), बेलगाछी खाल्टेबजार, थारूटोलबनरा (भङ्गाहा) र जलेश्वर केन्द्र बनाएर वितरण गरिएको थियो । सर्वसाधारणलाई फलफूल रोप्न, हुर्काउन र फलाउन अभिप्रेरित गरिने यस अभियानमा फलपूmल बिरुवा दिइएका किसानलाई फलपूmल खेतीबारे परामर्श सेवा र नियमित अनुगमन गरिने डिभिजन प्रमुख साहको भनाइ छ ।

जिल्लामा यसपटक फलफूलसँगै काठ र घाँस आपूर्ति सहज बनाउन टिक, जामुन, टाँकी, बकाइनो र शिरिषका नौ लाख बिरुवा तयार गरिएका छन् । जारी असार महिनाभित्रै सर्वसाधारणको मागअनुसार यी बिरुवा वितरण र रोपण जारी रहेको कार्यालयले जनाएको छ ।