पु.समाचार

जन्तरले कोरोना रोक्ने हैनउल्टै असर गर्दछ, भ्रम फैलाउनेलाई कारबाही: स्वास्थ्य मन्त्रालय

१३ असार, काठमाडौं । भाईरस रिमोभिगं कार्डको रुपमा साँसदहरुलाई बााँडेर चर्चामा आएको जन्तर प्रमाणित नभएको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले त्यस्तो कोरोना रोकथामको औषधि अहिलेसम्म पत्ता नलागेको र पत्ता लागेमा स्वास्थ्य मन्त्रालयले आफैं प्रयोगमा ल्याउने भन्दै भिआईपीलाई समेत वितरण गरेको भनेको सुन्नमा आएकोले त्यस्ता कार्यबाट तत्काल बच्न सबैमा आग्रह गरेका छन् ।

उनले त्यस्ता अनावस्यक गतिबिधि गर्दै हिँडेमा प्रचसिलत कानून बमोजिम कारबाहीका लागि मन्त्रालयले सिफारिस गर्ने समेत जनाएक छन् । पूर्व प्रधानमन्त्तीसमेत रहेका नेकपा बरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठकमा त्यस्ता जन्तरहरु बाँडेको समाचार आएके थियो ।

केही साँसदहरुले त्यस्ता जन्तर लगाएर नै संसद बैठकमा गएपछि मिडियामा जन्तरको आलोचना भएको थियो । आजको पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले जन्तरले उल्टै मुटु लगायतमा असर गर्नसक्नेतर्फ ध्यानाकर्षण समेत गराएका छन् ।