अन्तर्राष्ट्रिय

विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको सङ्ख्या (अपडेट)

१३ असार, बेइजिङ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।
विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।
अमेरिका    –  २४,६७,५५४
ब्राजिल      –   १२,७४,९७४
रूस          –   ६,१९,९३६
भारत       –    ५,०८,९५३
बेलायत    –    ३,१०, ८३६
पेरू          –    २,७२,३६४
चिली       –    २,६३,३६०
स्पेन        –    २,४७,९०५
इटाली      –    २,३९,९६१
चीन         –    ८५,१७२