राजनीति

माओबादी नेतृत्वमा १७ हजार मान्छे मर्नेगरी भएका हिँसा अर्थहीन प्रमाणितः बरिष्ठ नेता पौडेल

 १३ असार, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाबाट बचाउन विश्व असक्षम भएको बताएका छन् । उनले अहिले उन्नती गर्र्यौं भन्ने शक्तीसाली देशहरुले मान्छे मार्ने हतियारहरु बनाउन सकेका भएपनि मान्छे बचाउने औषधि भने बनाउन नसकेको आरोप लगाएका छन् । त्यसैको उदाहरण कोरोना भाईरसको औषधि पत्ता लगाउन नसक्नु रहेको उनको तर्क छ ।

बरिष्ठ नेता पौडेलले नेपालमा सामान्तबादका बिरुद्धमा लडेका र सर्बसत्ताबादका बिरुद्धमा लडेर प्रजातन्त्र र समाजबाद, न्याय र समृद्धिका लागि लड्नुपर्ने बेला आएको बताएका छन् । काँग्रेसले तल्लो तहका जनतालाई न्याय दिने कार्यका लाग्नुपर्ने बेला आएको बताए । १७ हजार मान्छे मर्नेगरीका विगतका नेपालका हिँसात्मक आन्दोलनमा भएका जातीयता केही होईन भन्ने आन्दोलनहरु हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक भएको बताए । उनले एउटा दलीतले प्रेम गरेको भरमा कम्युनिष्टहरुकै संरक्षणमा मर्नुपर्ने अवस्था गम्भीर रहेको नेता पौडेलको तर्क छ । तत्कालीन माओबादी नेतृत्वमा १७ हजार मान्छे मर्नेगरी भएका हिँसात्मक माओबादी आन्दोलन अर्थहीन प्रमाणित भएको बरिष्ठ नेता पौडेलको संकेत छ । 

उनले पछिल्लो समय कम्युनिष्ट र पुँजीवादको खोक्रो नारामात्र भएको प्रमाणित भएको भन्दै लोकतान्त्रीक समाजबाद बहसको विषय हुनुपर्ने विचार ब्यक्त गरेका छन् । उनले शहर तथा विदेशबाट गाउँमा गएकालाई कसोरी गाउँमा बस्ने वातावरण बनाउने भन्ने सोच्न ढिलो भएको बताउँदै काँग्रेसले ०४८ सालमा ल्याएको गाउँका जनतालाई ल्याएको योजना अहिलेपनि काम गरेको जिकिर गरेका छन् । उनले अहिले कृषि क्रान्ती, पर्यटन र उर्जाको विकास गरी आम्दानीमा बृद्धि गर्न र भेदभाबको अन्त्य गर्न ढिला गर्न नहुने बताएका छन् ।

उनले ७० बर्ष तानाशाहका बिरुद्ध लड्न समय खर्च भएको भन्दै लोकतान्त्रीक मूल्य र मान्यतामा आधारित समाजबादका लागि बाटो देखाउन संबिधान बनाउन सफल भएको भन्दै बहुलबादमा आधारित संबिधान भएपनि कम्युनिष्ट सरकार तानाशाह वा एकदलीय प्रणाली लाद्न लागि परेको दाबी गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशनमा ताली बजाउने वा प्रशिक्षण लिने कार्यमा नेपालको कम्युनिष्ट पार्टी र सरकार लाग्नु नेपालको लोकतान्त्रीक व्यवस्थाको लागि राम्रो नभएको बताए । उनले चिनियाँ कम्युनिष्ट तानाशाही पार्टी र सरकारको प्रशिक्षणमा सहभागी भएर नेकपा नेतृतवको सरकारले असली चपिरत्र देखाएको उनको आरोप छ।

उनले विपीले देखाएको बाटोलाई जनताले बुझ्नेगरी परिमार्जन गरी दर्शन, चिन्तन र विचारमा काँग्रेस अगाडी बढ्ने जिकिर गरे । काँग्रेसलाई जनताको विचमा हिँडाउन नवनिर्माण गर्न आईतबारबाट शुरु गरिने भनिएको १४ महाधिवेशनमा आफूहरु लाग्ने बताएका छन् । प्रदेश नम्बर ५ का काँग्रेस सभापति लगायतका नेताहरुसँगको सामाजिक लोकतान्त्रीक अध्ययन केन्द्रवारा आयोजित लोकतान्त्रिक समाजबादको सान्दर्भिकता बिषयक जुम बैठकमा काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त कुरा बताएका छन् ।

मनोजमणी आचार्य, लेखनाथ पोख्रेल, अमरसिंह पुनः, अनिता देवकोता, बेलबहादुर पाण्डे, भूवन श्रेष्ठ गुल्मी, अर्खाखाँची, रोल्पा लगायत प्रदेश नम्बर ५ का सभापति तथा नेताहरु उक्त कार्यक्रममा सहभागी छन् । सहभागीहरुले काँग्रेसलाई विभिन्न सल्लाहहरु दिईरहेका छन् ।