पु.समाचार

पाल्पामा कोरोना शव व्यवस्थापनमा खटिएका २ सैनिकमा देखियो कोरोना

१३ असार काठमाडौं । पछिल्लो समय नेपाली सेना, प्रहरी, स्व्यास्थ्यकर्मी देखी कोरोना नियन्त्रण, व्यवस्थापनदेखी उपचारमा खटिएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिँदै गएको छ ।

यसै क्रममा पाल्पामा कोरोनाका कारण मृत्यु भएका शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना संक्रमण देखिएको छ । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पुष्टि गरेका छन् ।

नेपाली शेनाको पाल्पा तानसेनस्थित गमेरखदल गणका ३३ र ३४ वर्षका दुई जवानको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनिहरुसंगै खटिएका अन्य एक जनामा भने कोरोना देखिएको छैन । संक्रमीत पुरुष सुरुदेखीनै आईसोलेसनमा बसेकाले गणमा अन्यव्यक्तिमा कोरोना फैलन नपाएको बताईएको छ ।