पु.समाचार

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्युः जम्मा मृतक संङ्ख्या २८

१३ असार काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कैलालिको गोदावारी नगरपालीका ७ का संक्रमीतको चितवन भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

फोक्सोको क्यान्सरबाट पिडीत समेत रहेका ५० वर्षका संक्रमीत व्यक्तिको आज बिहान ६ः३० मा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका व्यक्तिमा विहिबार ११ गते कोरोना पुष्टि भएपछि सोहिदिन राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो ।

शुक्रबार दिउँसोदेशी स्वासप्स्वास मा समस्या देखीएर स्वास्थ्य जटिल बन्दै गएपछि आईशोलेसन वार्डबाट आईसीयूमा भर्ना गरिएको थियो । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।