गण्डकी प्रदेश

स्याङजामा २२ सहित गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमीत

१३ असार काठमाडौं । स्याङजामा मात्रै २२ जना गरेर गण्डकी प्रदेशमा आज (शनिबार) बिहान ३२ जना कोरोना संक्रमीत थपिएका छन् ।

प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ३ जिल्लामा आज बिहानै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो जसमा १२ महिने शिशु समेत छन् ।

पछिल्लो समय गण्डकी प्रदेशमा दैनिजसो कोरोना संक्रमणको संख्या तिब्र गतिमा बढ्दै गएको छ ।