राजनीति

चर्को आलोचनासहित आज ओलीको उपस्थिति बिना नै सकियो नेकपा बैठक

१२ असार, काठमाडौं । आज बसेको नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेपछि सदस्यहरुले उनको आलोचना गरेका छन् ।  एकछिनमा जरुरी काम सकेपछि आउछु भनेर महासचिव बिष्णु पौडेलमार्फत खबर छाडेका प्रधानमन्त्री ओली अन्नतः आएनन् ।

बैठकमा उनी नआएपछि नेताहरु भीम रावल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य लगायतका सदस्यहरुले प्रधानमन्त्री ओलीको कार्यशैली ठीक नभएको बताएका थिए ।  बैठकमा कतिपयले स्थायी समिति बैठकलाई प्रधानमन्त्री ओलीले अपहेलना गरेको भन्दै आगामी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सार्न भनेका थिए ।

बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दहालले गरेका थिए भने कार्यक्रम संचालन महासचिव बिष्णु पौडेलले गरेका थिए ।  यसभन्दा अगाडीको बैठकमा अध्यक्ष पुष्पकमल दहालको अहंकार बढेको आरोप लागेका प्रधानमन्त्री ओली आजपनि आरोप लाग्ने डरले नआएको बताएका छन् ।

धेरैपटक सरेको सर्यै गरेर बल्ल शुरु भएको बैठकमा आज पनि प्रधानमन्त्री उपस्थित नभएपछि पार्टीको विवादले कस्तो रुप लिन्छ त्यो भन्न सकिन्न, तैपनि बैठकमा नै उपस्थित नहुनुले थप बिबादमा ओली पर्ने देखिएको भनाई नेकपा नेताहरुको छ ।

बैठकमा भारतीय सीमामा तारबार लगाउनुपर्ने, भारतले नेपालसरकारसँग वार्ता गर्न अटेर गरेको लगायतका विचारहरु सदस्यहरुले गरेका थिए ।