स्वास्थ्य

महानगर दादुरारुवेलाको बिहीबारदेखि विशेष खोप लगाउँदै

१२ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँका बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको छ ।

गत जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती संख्याका बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिए ।

गत वैशाख महिनामा नै लगाउनुपर्ने उक्त खोप कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको थियो । विशेष सावधानी अपनाएर बिहीबारदेखि यहाँका नौ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने कामपाले जनाएको छ ।

आफूलाई सहज हुने स्वास्थ्य केन्द्र र वडा कार्यलयबाट यो खोप सेवा लिन सकिने कामपा–८ का महिला सदस्य इन्दिरा भण्डारीले जानकारी दिए । उनका अनुसार खोप लगाउनका लागि बिहीबार र शुक्रबार दुई दिन निर्धारण गरिएको भए पनि शनिबार पनि छुटेकाहरुलाई सम्बन्धित वडा कार्यालयबाट लगाउने तयारी छ ।

देशका अन्य स्थानीय तहले बन्दाबन्दी हुनुपूर्वनै बालबालिकालाई यो खोप दिएको भएपनि कामपाले भने अहिले शुरु गरेको हो । वार्षिक रुपमा पाँच वर्ष मुनिका एक लाख ९० जना बालबालिकालाई नियमित र अन्य केही विशेष खोप दिइने गरेको महानगरपालिकाले जनाएको छ ।

‘नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा–रुवेला रोग निवारण गर्ने अभियान लिइसकेको छ । मुलुकमा सन् २००४ देखि सुरु भएको यस अभियान सन् २०२० सम्म आइपुग्दा पाँचौँ कार्यक्रम हो । नियमितरूपमा लगाइने खोप लामो समयसम्म रोक्दा भविष्यमा यसले ठूलो स्वास्थ्य दुर्घटना निम्त्याउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई हप्ताअघि नै आधारभूतरूपमा लगाइने खोपहरू सामाजिक दूरी कायम गर्दै निरन्तरता दिन आग्रह गरेपछि पछिल्लो समय खोप सेवा शुरु भएको छ ।

“मुलुकमा बढ्दै गएको कोरोना भाइरस सङ्क्रमणबाट आफू र बालबालिकालाई जोगाउन हरेक परिवारमा अर्को जिम्मेवारी थपिएको छ”, महिला सदस्य भण्डारीले भने ।