प्रदेश 1

पानीको बहाव एक्कासी बढेपछि सप्तकोशी नदीका २६ ढोका खोलियो

१२ असार, बिराटनगर । केहिदिनदेखीको अबिरल बर्षाका कारण बढेको पानीको बहावसँगै सप्तकोशी नदीका ५६ वटा ढोका मध्ये २६ वटा ढोका खोलिएको जनाईएको छ ।
एक लाख ७६ हजार ५१० क्युशेक पानीको बहाव पुगेपछि कन्ट्रोल रुमले ढोका खोलेको हो ।

बिहान १ लाख ५ हजारको हाराहारीमा भएपनि दिउँसो एक्कासी बहाव बढेपछि समस्या देखिएको हो । पहाडी क्षेत्रसहितमा केहिदिन देखी पानी परिरहेको छ भने अझै बर्षा हुने क्रम रोकिएको छैन ।

०६४ सालमा बाढी आएको सुनसरी उक्त पुलमा खोलिने ढोका र बाढीका कारण झस्किने गरेको छ ।