राजनीति

प्रधानमन्त्री निवासमा व्यक्तीगत/पार्टीगत बैठक राखेर वालुवाटारमै खुलेआम भ्रष्टाचार: अध्यक्ष थापा

१२ असार, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास वा कार्यालयमा खुलेआम बैठक तथता कार्यक्रम गरेर खुलेआम भ्रष्टाचार गरेको बताएका छन् ।
उनले ट्वीट गर्दै राज्यको सम्पतीको रक्षा गर्नु प्रधानमन्त्रीको दायीत्य भएपनि अख्तियारको दुरुपयोग हुनु दुःखद रहेको बताएक छन् । अध्यक्ष थापाले नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिकरअलोकतान्त्रिक कार्य अन्त गर्न माग समेत गरेका छन् । अध्यक्ष थापाले बिहीबारदेखी चलिरहेको नेकपा स्थायी समिति बैठकलाई संकेत गर्दै उक्त कडा टिप्पणी गरेका हुन् ।

अध्यक्ष थापाको ट्वीटः प्रधानमन्त्रीको सरकारी निवास, कार्यालय र त्यहॉ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठकरकार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, अख्तियारको दुरुपयोग हो। राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिकरअलोकतान्त्रिक कार्य अन्त गरियोस्। राज्यको सम्पति रक्षागर्नु@PM_Nepal को कर्तव्य हो ।