समाचार

भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना पुष्टि

१२ असार काठमाडौं । नेपालमा आज बिहानै थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरको कावासोती नगरपालिकामा दुई महिलासहित १४ जना र गैंडाकोट नगरपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लोपटक परीक्षण गरिएका २१४ वटा नमुनामध्ये ३४ जनाको रिपोर्ट पोजेटिभ र १८० जनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।