पु.समाचार

नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दैः कमिटी सदस्यहरुले धारणा राख्ने

१२ असार काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्टि पार्टी नेकपाको स्थायी कमिटिको बैठक आजफेरी बस्दै छ । बुधबारदेखि सुरु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दैछ । आजको बैठकमा स्थायी कमिटी सदस्यहरुले धारणा राख्नेछन् ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बुधबारको बैठकमा एजेन्डा तय गरिनुका साथै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।

बुधबारको बैठकमा अध्यक्षद्वयले तय गरेको एजेन्डामाथि सदस्यहरुले असन्तुष्टि जनाएपछि केही एजेन्डा थपिएका थिए । जसअनुसार, अध्यक्षद्वयको मन्तव्य, कोरोना, सीमा समस्या, सरकारको काम, पार्टी कामको समीक्षा र संगठनात्मक एकता, एमसिसी र विविध थिए ।

विविध अन्तर्गत रूकुम चौरजहारी घटना, नागरिकता विधेयक तथा संघ र प्रदेशसभाका सदस्यहरूको बैठक भत्ता कटौती लगायतका विषय थिए । आ–आफ्नो सम्बोधन ओली र प्रचण्डले एकअर्काप्रति कटाक्ष गरेका थिए । ओलीले सरकारले काम गरिरहेको तर आफ्नै पार्टीले साथ नदिएको बताएका थिए ।

सरकारले जे गर्दा पनि आलोचना गर्ने प्रवृत्ति बढेको र त्यसलाई पार्टीकै सदस्यले साथ दिएको बताएका थिए । त्यस्तै, प्रचण्डले सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताएका थिए ।