पु.समाचार

काठमाडौं लगायत देशैभरी बिहानैदेखी वर्षाः वाढी, पहिरो आउनसक्ने भएकाले सतर्क रहन आग्रह

१२ असार काठमाडौं । जल तथा मौसम पूर्वानमुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा विहानैबाट वर्षा भइरहेको जनाएको छ ।

हाल देशभर मनसुनी वायु को प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही दिन अझै वर्षा जारी रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अधिकांश ठाउँमा वर्षा भइरहेको हुँदा ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।