पु.समाचार

उपत्यकामा पछिल्लो समय संक्रमित बढ्न थाले, आज देखियो ९ जनामा संक्रमण

११ असार, काठमाडौं । आज काठमाडौं, ललितपुर र भक्तपुरमा गरिमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ ।
काठमाडौंमा २ जना पुरुष र २ जना महिला गरी ४ जना, भक्तपुरमा एक महिला र ३ पुरुष गरी ४ जना तथा ललितपुरमा १ पुरुष रहेको स्वास्थ्य मन्त्रालयमा आज गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो समय उपत्यकामा संक्रमणहरु बढ्न थालेको छ ।

पछिल्लो समय उपत्यका प्रवेश गर्नेहरु दिनानुदिन बढ्दै गएको र उनीहरुको परीक्षण नभएकोले पनि संक्रमित बढेको हुनसक्ने बिश्लेशण सर्बसाधारणबृतमा हुने गरेको छ ।