पु.समाचार

आज थप दुई जना कोरोनाका कारण निधन भएको मन्त्रालयले गर्यो पुष्टी

११ असार, काठमाडौं । आज कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । चितवनका ५० बर्षिया पुरुष पाटन अस्पताल ललितपुमा र स्यांजाका एकजना पुरुषको निधन भएको जनाईएको छ । आजबाट नेपालमा कोरोनाबाट निधन हुनेको संख्या २६ जना पुगेको छ ।

आज क्वारेन्टाईनमा रहेका हरु ७४ हजार २२ रहेका छन् । कोरेनाबाट २४ घण्टामा निको हुने ३१२ रहेका छन् । जम्मा २६ सय ५० जना अहिलेसम्म कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आज मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पत्रकार सम्मेलनमा बताए अनुसार आज कोरोना संक्रमित ४३४ थपिएका छन् । जम्म १११६२ जना पुगेका छन् ।