पु.समाचार

पाल्पामा एकैदिन झण्डै सय जनामा कोरोना पुष्टि

११ असार काठमाडौं । पाल्पामा एकैदिन (बिहिबार) आज बिहानै झण्डै सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका विभिन्न वडाका क्वरेण्टीनमा रहेका ९३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।

भरतपुर प्रयोगशालामा एउटै जिल्लाको एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । यसअघि जेठ २६ मा एकै दिन तीस संक्रमित फेला परेका थिए ।

आज (बिहीबार) पुष्टि भएका ९३ सँगै पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ४१ पुगेको छ । बुधवार मात्रै रामपुर नगरपालिकामा १४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।