अन्तर्राष्ट्रिय

कोरोना संक्रमीत बढिरहँदा अक्सिजनको अभाव हुँदैछः डब्लुएचओ

११ असार काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वमा नै अक्सिजन दिने मेसिनको अभाव हुन थालेको बताएको छ । विश्वमा दैनिक संक्रमीत बढेर १ करोड पुग्नै लाग्दा डब्लुएचओको यस्तो भनाई आएको हो । अक्सिजन दिने (कन्स्नट्रेटर) मेसिन कोरोना बिरामिका लागि अत्यावस्यक सामाग्री जसको माग अहित अत्यधिक बढेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले पत्रकार भेटघाटमा संक्रमितहरु अचानक वृद्धि भएका कारण अक्सिजन कन्स्ट्रेटर अभाव भएको छ जुन कोरोना संक्रमित बिरामीलाई सास लिनका लागि आवश्यक पर्दछ भनेका छन् ।

अहिले विश्वभर ९५ लाख २७ हजारवढी संक्रमीत भईसक्दा यसका कारण हरेक दिन ८८ हजार ठूला अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।