समाचार

नेपालमा मनसुन थप सक्रिय, विभिन्न स्थानमा भारी वर्षा हुनसक्छः मौसमवीद

११ असार काठमाडौं । नेपालमा मनसुन थप सक्रिय भएका छ । हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जानकारी गराउँदै मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) को मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भ–ूभागमा बदली रहेको छ । प्रदेश १,२,५,सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा बर्षा भइरहेको छ ।

यस्तै आज दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, ६, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।