खेलकुद

क्रिस्टललाई हराउँदै लिभरपुल प्रिमियर लिग फुटबलको उपाधि नजिक

एजेन्सी । लिभरपुल प्रिमियर लिग फुटबलको उपाधि नजिक देखिएको छ । बुधबार राति एनफिल्डमा क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले हराउँदै लिभरपुल उपाधिको नजिक देखिएको हो । लिभरपुल उपाधिबाट मात्र दुई अंकले पछाडी छ ।

मंगलबार राति म्यान्चेष्टर सिटीले चेल्सीलाई हराउन नसकेको खण्डमा लिभरपुलले प्रिमियर लिगको उपाधि जित्नेछ । सिटीको जितले भरपुलको उपाधि यात्रा केही दिन लम्बिन सक्नेछ । कोरोनाका कारण अबरुद्ध सिजन पुन सुरु भए लगत्तै घरेलु मैदानमा खेलिएको पहिलो खेलमा लिभरपुलले एभर्टनसंग बराबरी खेल्दै अंक बाँडेका थियो ।

एलेक्जेन्डर अर्नोल्डले २३ औं मिनेटमा फ्रिकिकमार्फत लिभरपुललाई अग्रता दिलाएका थिए । मोहमद सलाहाले ४४ औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाए । चोटबाट मैदान फर्कदै सलाहाले लिभरपुलका लागि सय गोलको कोशेढुङ्गा पार गरेका छन् । फाबिन्होले ५५ औं मिनेटमा लिभरपुललाई ३–० ले अघि बढाए । सलाहाको पासमा साडियो मानेले ६९ औं मिनेटमा लिभरपुलको जित सुनिश्चित गरेका थिए ।

शीर्ष स्थानको एनफिल्ड क्लबले ८६ अंक जोडेको छ । लिभरपुलले दोस्रो स्थानको सिटीसंग २३ अंकको अग्रता लिएको छ । लिगमा अब लिभरपुलले ७ चरणको खेल खेल्न बाँकी छ । क्रिस्टल प्यालेस ४२ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ ।