पु.समाचार

कोरोनाका कारण नेपालमा थप एकको मृत्युः जम्मा मृतकको संख्या २५ पुग्यो

११ असार काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्याङजाको सिरुवारी निवासी ५५ वर्षका पुरुषको कोरोनाले मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण मर्नेको संङख्या २५ पुगेको छ ।

गएराति साढे ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिान, पश्चिमान्चल क्षेत्रिय अस्पतालको आईसीयूमा उपचाररत ति संक्रमीत पुरुषको मृत्यु भएको हो ।

उनलाई यहि असार ८ गते अस्पताल भर्ना गरिएकोमा स्वास्थ्य स्थीति बिग्रीदै गएपछि भेन्टिलेटरमा राखिएको थियो ।

कोरोना संक्रमीत ति पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा अर्जुन आचार्यले जानकारी दिएका छन् ।