सामाजिक सञ्जाल

धनराजको प्रश्नः भारतमा ७ बर्ष/चीनमा ५ बर्षमा नागरिकता, नेपालमा चैं बिहागर्ने बित्तिकै ?

१० असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले नागरिकताको बिषयमा नेपालले गम्भीर हुनुपर्ने विचार दोहोर्याएका छन् ।

उनले नागरिकता बितरण गर्दा जथाभावी गर्न नहुने बहसको पक्षमा बोलिरहेका बेला ट्वीट गर्दै भारतमा नागरिकताको प्रकृयाका लागि ७ बर्ष पर्खनुपर्ने र चीनमा ५ बर्ष पर्खुनुपर्ने नियम ताजा हुँदाहुँदै नेपालमा भने बिहा गर्नेबित्तिकै दिने भन्ने तर्कलाई तुलता गर्न आग्रह गरेका छन् ।
नेता गुरुगंले चीनमा नागरिकता लिँदा सम्पती विवरणसमेत बुझाउनुपर्नेृ तर्क प्रश्तुत गरेका छन् । पछिल्लो समय काँग्रेसभित्रसमेत नागरिकताको बिषयमा सरकारपक्षले बनाएको ७ बर्षमा नागरिकता पाउने नियमको समेत बिरोध गरिरहेको बेला नेता गुरुगंको प्रतिकृया आएको छ ।
नागरिकस्तरमा भने अंगीकृत नागरिकलाई राजनीतिक अधिकार दिन कुनैपनि हालतमा नहुने तर्क आईरहेको छ । यसै समयमा सोमबार कडा प्रतिकृया दिएका नेता गुरुगंले आज पुनः उदाहरणसहित नागरिकता दिदाँ ध्यान दिनुपर्ने तर्क प्रश्तुत गरेका छन् ।

नेता गुरुगं उदाहरणसहित भन्छन्ः नागरिकता बिधेयकः छोरा–छोरी बराबर हुन्। कुरा ठिक छ। साथै यो पनि नभुलौंः भौगोलिक रुपमा बिशाल २ छिमेकी मुलुक
१.भारतीयसँग बिबाह गर्ने बिदेशीले नागरिकताका लागि ७ वर्ष कुर्नु पर्छ।
२.चीनियाँसँग बिबाह गर्ने बिदेशीले नागरिकताका लागि ५ वर्ष पछि सम्पत्ति बिबरण समेत देखाएर निवेदन दिन पाउँछ।

नेता गुरुगं जंगिएः बिहा गर्ने बित्तिकै नागरिकता नदिए भारत रिसाउँछ भन्नु हाँस्यास्पद