आर्थिक

महालक्ष्मीद्वारा विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग

१० असार, काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोहीकार्यलाई निरन्तरता दिँदै बैंकका हेटौंडा र टाँडीशाखाले क्रमश. मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ माअवस्थित आनन्द भैरव आधारभुत विद्यालयमा रचितवनको इच्छाकामना गाँउपालिका वडा न.७ माअवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश एक लाख पचास हजार रुपैया र एक लाख पैसठ्ठी हजार रुपैया गरी जम्मा तीनलाखपन्ध्र हजार रुपैयाको आर्थिक सहयोग प्रदानगरेका छन् ।

असार गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।

त्यसैगरी असार ८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्यामबाबु तिमिल्सिना लेरोटरी क्लबअफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गरे । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामीदिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।