आर्थिक

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

१० असार, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिनुभएको बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

बैंकले निजले लिएको बिना धितो कर्जाको भुक्तानगर्न बाँकी रकम २२ हजार ४९९ मिनाहा गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज दुई लाख तीन हजार ४८३ र काज क्रियाखर्च बापतको रकम पाँच हजार समेत गरी जम्मा अक्षरुपी दुई लाख आठ हजार चार सय त्रियासी रुपैंया बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र सानातथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

बैंकले समुहमा आवद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाहा गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ ।