राजनीति

प्रधानमन्त्री ओलीलाई एक पद छाड्न प्रचण्डको दबाब, पछिल्लो समय अहंकार बढेको आरोप

१० असार, काठमाडौं । आजको स्थायी समिति बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई अहंकार र घमण्ड बढ्दै गएको आरोप लगाएका छन् ।

धेरै पटक सारिएर आजबाट बल्ल बल्ल प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीमाथी अर्का शक्तीसाली अध्यक्ष पुष्पकमल दहालले असन्तुष्टी पोखेका हुन् ।

आज अध्यक्ष दहालले ५ बर्षमा आधा-आधा सरकार संचालन गर्ने सहमति भएको भएपनि उक्त सहमतिअनुसार आफूले ओलीलाई नै प्रधानमन्त्री बन्न मानेर आफूले गल्ती गरेको बताएको समेत संचारमाद्यमहरुले समाचार प्रकाशित गरेका छन् । धेरै बिबादपछि बसेको आजको स्थायी समिति बैठकमा अध्यक्ष दहालको आरोपछि प्रधानमन्त्री ओलीले निरास भएको बताएका थिए ।

अध्यक्ष दहालले पार्टी एकता हुनु अगावै भएका आलोपालेका सहमतिहरु कार्यान्वयन हुनुपर्ने भन्दै पार्टी भने कुनैपनि हालतमा फुट्न नहुने विचार व्यक्त गरेका थिए । उनले पार्टीमा भएका सबै कमजोरीहरु दुई अध्यक्षकै गल्तीका कारण भएको बताउँदै केपी शर्मा ओलीले आफूलाई कार्यकारी भूमिका पनि नदिएको र प्रधानमन्त्री पनि नछाडेको भन्दै गम्भीर असन्तुष्टी पाखेका थिए ।
बिगतको सचिवालय बैठकमा प्रधानमन्त्रीबाटै राजीनामा मागेका अध्यक्ष दहालले आजको बैठकमा भने, कि सरकारको नेतृत्व छाड्न, कि त पार्टी अध्यक्ष छाड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भनेको बताईएको छ । शुक्रबारसम्मका लागि नेकपा स्थायी समिति बैठक स्थगीत गरिएको छ ।