राजनीति

५८ बर्ष पुरानो अंगीकृत नागरिकता नियममामात्र विभेद? मधेशीलाईमात्र नहेपौंः गगन थापा

१० असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन थापाले अंगीकृत नागरिकता दिने बिषयमा जवाफ दिएका छन् ।  सामाजिक सञ्जालमा गगन थापा हराएको भन्दै सर्बसाधारणहरुले प्रश्न सोध्न थालेपछि पूर्वस्वास्थ्य मन्त्री समेत रहेका नेता थापाले जवाफ दिएका हुन् ।

नेता थापाले २०१९ साल, २०२० साल, २०४७ साल, आन्तरिम संबिधान २०६३, नागरिकता ऐन २०६३, पहिलो संबिधान सभाले तयार पारेको संबिधानको मस्यौदा, २०७२ सालको संबिधान आदिले बिबाह गरेपछि बिदेशी महिलालाई दिँदै आएको नागरिकता पाउने अधिकार मुख्यतः नेकपा सरकारले एउटा समुदायमाथी गरेको आशंका र अबिश्वास भएको बताएका छन्।

नेता थापाले सीमा मिचिदा भएको राष्ट्रिय सहमतीलाई कायम गर्दै नागरिकता लगायतका बिषयमा भएका बिभेदहरु हटाउनुपर्ने बताएका छन् । उनले विदेशी महिला नेपाली पुरुषसँग बिबाह गरेपछि नागरिकता पाउनु कानूनी ब्यवस्था भएपनि नेपाली महिलाले बिदेशी पुरुषसँग बिबाह गरेपछि नागरिकता पाउने बिषयमा पनि बहस हुनुपर्ने नेता थापाको तर्क छ । उनले नेकपा वा अन्य कुनैपनि राजनीतिक दलले बिदेशी महिलाको बारेमा कुरा गरेको भएपनि बिदेशी पुरुषको बारेमा भने कुरा नगरेको भन्दै पुरुषप्रधान बिषयलेमात्र महत्व पाउनुभन्दा समानता हिसावले संबिधान संसोधन हुनुपर्ने जिकिर गरेका छन् ।
नेता थापाले ५८ बर्ष पुरानो नागरिकताबारेको चलन र नियममात्र ध्यान दिने भन्दा अन्य सबै बिभेदहरुलाई एकैपटक हटाउनेतर्फ ध्यान दिनुपर्ने विचार ब्यक्त गरेका छन् । उनले पुरुष पनि अंगीकृत नागरिकता लिनेमा थपीए अंगीकृत नागरिकता लिने थपीन्छन् भन्ने कुरामा ४ बुंदे ध्यानाकर्षण गरेर बुझाउने प्रयास गरेका छन् ।

उनले समानतालाई मन्त्र बनाऔं समयाबधी आफैं मिल्छ भन्दै एक विज्ञप्ती प्रकाशन गर्दै आफ्नो नागरिकताको बिषयको तर्क प्रस्ट पार्ने प्रयास गरेका छन् । नेकपाले राज्य व्यवस्था समितिबाट पास गर्दै अंगीकृतको लागि ७ बर्ष पर्खनुपर्ने नियम बनाएको छ भने काँग्रेस समाजबादी जनता लगायतका दलहरुले उक्त नियमलाई मानेका छैनन्। काँग्रेसका प्रभावशाली यु्वा नेता गगन थापाको विचार आएको छ ।

नेता थापाले एउटा समुदायलाईमात्र लक्षीत गर्दै नागरिकतासम्बन्धी नियम ल्याएको भन्दै मधेशी समुदायलाईमात्र हेपेर राष्ट्रियता बलियो नहुने तर्क गर्दै उक्त समुदायलाई नहेप्न संकेत गरेका छन् ।