पु.समाचार

एक ईन्च भूमि मिचिएपनि नेपाली जनताले फिर्ता गर्नेछन्ः डा संग्रौला

१० असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा. डिला संग्रौलाले एक ईन्च भूमि मिचिएपनि नेपाली जनताले फिर्ता गरेरै छाड्ने बताएकी छिन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेतृ संग्रौलाले एकातिर नेपालको दक्षिणी सिमाना छिमेकी भारतले प्रतिबर्ष सिमा अतिक्रमण गरिरहेको र अर्कोतिर उत्तरी छिमेकी चिनले पनि रसुवा, सिन्धुपाल्चोक, दोलखा, संखुवासभा, हुम्ला जिल्लाको १४५६ रोपनी तथा गोरखा र दार्चुलाका एकएक नेपाली गाउको सिमा अतिक्रमण भएको भन्दै उनले नेपाली जनताले आफ्नो एक ईन्च भूमि पनि नछाड्ने बताईन ।

उनले बिशाल २ छिमेकी देशहरुको बिचमा नेपाल रहेता पनि नेपालको एक इन्च जमिन पनि तलमाथि नपर्ने गरि संरक्षण गर्न नेपाली जनता जस्तोसुकै मूल्य चुकाउन तयार रहेको प्रतिक्रिया दिएकी छिन् । साथै नेतृ संग्रौलाले भु-भागले नेपाल सानो भएपनि नेपाली स्वभिमान सगरमाथा जस्तै उच्छ र अटल रहेको बताएकी छिन् ।

उनले सरकार सत्ता टिकाउन कहिले भारततर्फ ढल्कनु कहिले चिन तर्फ टासिनुले नेपालको शिर अडिग हुन नसकेको भन्दै दुबै देश संग समान दुरि कायम गरि नेपाली जनताको भवना सरकारले राख्नुपर्नेमा जोड दिएकी छिन् । दुबै सरकारसँग सिमा बिबाद समधान गर्न ध्यानाकर्शण गर्दै सिमा सम्बन्धि राष्ट्रिय सहमती कायम रहिरहनुपर्ने बताईन ।

 

उनको ट्वीटः एकातिर नेपालको दक्षिणी सिमाना छिमेकी भारतले प्रतिबर्ष सिमा अतिक्रमण गरिरहेको छ भने अर्कोतिर उत्तरी छिमेकी चिनले पनि रसुवा,सिन्धुपाल्चोक ,दोलखा,संखुवासभा,हुम्ला जिल्लाको १४५६ रोपनी तथा गोरखा र दार्चुलाका एकएक नेपाली गाउको सिमा अतिक्रमण भएको छ । बिशाल २ छिमेकी देशहरुको बिचमा नेपाल रहेता पनि नेपालको एक इन्च जमिन पनि तलमाथि नपर्ने गरि संरक्षण गर्न नेपाली जनता जस्तोसुकै मूल्य चुकाउन तयार छन् ।भुभागले नेपाल सानो होला तर नेपाली स्वभिमान सगरमाथा जस्तै उच्छ र अटल छ । सरकार सत्ता टिकाउन कहिले भारततर्फ ढल्कनु कहिले चिन तर्फ टासिनुले नेपालको शिर अडिग हुन सकेको छैन । दुबै देश संग समान दुरि कायम गरि नेपाली जनताको भवना सरकारले राखन सकोस् । दुबै सरकारसँग सिमा बिबाद समधान गर्न ध्यान पुगोस ।सिमा सम्बन्धि राष्ट्रिय सहमती कायम रहिरहोस ।