अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्प भन्छन्: कोरोनाको औंषधि आउन अब धेरै पर्खन पर्दैन

१० असार काठमाडौं । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले कोरोनाको आंषधि आउन अब धेरै समय पर्खन नपर्ने बताएका छन् । एरिजोना राज्यमा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले कोरोनाको भ्याक्सिन चाँडै तयार हुने बताएका हुन् ।

उक्त अवसरमा कोरोना नियन्त्रणमा सरकारले गरेको कामको विवरण समेत प्रस्तुत गरेका थिए । उनले कोरोना भाईरसका बिरमीलाई बचाउन भ्यन्टीलेटरको अभावहुन नदिने समेत बताएका छन् ।

कोरोनाका कारण अमेरिकाको अर्थव्यवस्थामा गम्भीर धक्का परेको ले बेरोजगारी बढाउने संकेत देखाइरहेको बारेमा चर्चा गर्दै गर्दै उनले ३ अर्ब अमेरिकी डलरको कोष बनाउने विधयेक पास गरेको समेत जानकारी दिएका थिए ।