राजनीति

डा भट्टराईको आह्वानः एमसीसी र नागरिकतावारे राष्ट्रिय सहमति गरौं

१० असार काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले एमसीसी र नागरिकतावारे राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिएका छन् ।

समाजिक सञ्जालट्वीट माफर्त डा भट्टराईले पेचिलो एमसीसी र नागरिकतावारे राष्ट्रिय सहमति गरी सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगान सरकारको ध्यानाकर्शण गराएका छन् ।

उनले भनेका छनः जेठा मामाको त्यो गति,कान्छा मामाको भांग्राको धोती ! देश गम्भीर संकटमा फस्दैगएको वेला प्रम ओलीको चिन्तन/कार्यशैली निरंकुश/अहंकारी देखियो नै तर अरू दलरनेताहरूको पनि कुनै गतिलो छाँट देखिएन । मुलुकमा अहिले अंगीकृत नागरिकता र एमसीसीलाई लिएर चौतर्फि आलोचना भैरहेको छ ।

नेपाली केटा संग बिहे गरेकी बिदेशी महिलालाई ७ वर्षमा नागरिकता दिने राज्य व्यवस्था समितीको निर्णयमा दैनिक जसो विरोध हुने गरेको छ । ओली सरकार भने एमसीसी पास गराएरै छाड्ने दाउमा छ ।  एमसीसी नेपालको राष्ट्रघाती भएकोले पास गर्न नहुनेमा जोड दिँदै बिरोध हुने गरेको छ । यी दुबै विषयले सडकदेखी सदन तातेको बेला डा भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।

उनको ट्वीटः जेठा मामाको त्यो गति,कान्छा मामाको भांग्राको धोती ! देश गम्भीर संकटमा फस्दैगएको वेला प्रम ओलीको चिन्तन/कार्यशैली निरंकुश/अहंकारी देखियो नै तर अरू दलरनेताहरूको पनि कुनै गतिलो छाँट देखिएन । तुरून्त यो पेचिलोःMCC र नागरिकतावारे राष्ट्रिय सहमति गरौं र सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगाऊँ !