खेलकुद

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुन फर्कियो

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुन फर्किएको छ । सोमबार राति एट्लेटिको बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा फर्किएको हो ।

ईभान राकिटिचको गोलमा बार्सिलोनाले महत्वपूर्ण तीन अंक बटुल्न सफल रह्यो । ६४ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राकिटिचले बार्सिलोनालाई जित दिलाएका हुन् । लियोनल मेस्सीको पासमा उनले खेल सकिन १९ मिनेट अगाडी गोल गरे ।

योसंगै स्पेनिस लिगको यस सिजन मेस्सीले १५ औं गोलको अवसर सिर्जना गर्न सफल रहे । उनी आफै करियरको ७ सर्यौ गोल पुरा गर्न एक गोलको खोजिमा छन् । तर बिल्बाओबिरुद्धको खेलमा मेस्सीले सो गोल भेट्टाउन सकेनन् ।

रियल मड्रिडले बुधबार मालोर्कालाई पराजित गरेको खण्डमा पुन लिगको शीर्ष स्थानमा फर्कन सक्नेछ । तर पछिल्लो जितले बार्सिलोनाले आफुलाई उपाधि होडमा राखेको छ । राकिटिचले सिजनको पहिलो गोल गर्न सफल रहे ।

शीर्ष स्थानको बार्सिलोनाको ६९ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिको ६५ अंक छ । बिल्बाओ ४२ अंक सहित तालिकाको दशौं स्थानमा यथावत छ ।