राजनीति

नसच्याए हामी सबै फस्छौंः गगन थापा

९ असार, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले मन्त्रीहरु पत्रकारसंग डराउन थालेको बताएका छन् । नेता थापाले टेलिफोन ट्यापीगंको भयानक दुरुपयोग हुने दाबी गरेका छन् ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता थापाले यसको संसद वा सर्बोच्च अदालतले पास गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।

उनले समयमा सचेत नभए अप्ठ्यारो पर्ने बाहिरका मूलूकको समेत नजिर हेर्न आग्रह गरेका छन् । यसमा मूख्य अनुसंधान निर्देशकको अनुमति लिने नियमले भयानक दुरुपयोग हुने ठोकुवा गरेका छन् । उनले मन्त्रीहरुले टेलिफोनबाट भन्दा ह्वाट्सआपमा अन्तरवार्ता दिन चाहेको आफूले सुनेको बताए ।

नेता थापाले नसच्याए सबैजना फस्ने कुरामा दुईमत नभएको जिकिर गरेका छन् । सरकारमा भएकाले दुरुपयोग गर्ने उनको तर्क छ ।