लुम्बिनी

तिनाउमा गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा

९ असार, पाल्पा । तिनाउ गाउँपालिकाले आजदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सञ्चालनपछि स्वास्थ्य संस्थामा बिरामीको सहज पहँुच विस्तार भएको हो ।
गाउँपालिकाले खरीद गरी ल्याएको एम्बुलेन्स रेडक्रस सोसाइटी तिनाउ शाखालाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए ।रेडक्रसको जिम्मेवारीमा गाउँपालिका क्षेत्रभित्र एम्बुलेन्स सञ्चालन गरिने छ । गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १० लाख र आव ०७६/०७७ को १५ लाख बजेटबाट एम्बुलेन्स खरीद गरिएको हो ।