सामाजिक सञ्जाल

अख्तियारले निजी क्षेत्रलाई समेत छानविन गर्नु अधिनायकबादतर्फ सरकारको अर्को फड्कोः डा कोईराला

९ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा.शेखर कोईरालाले अख्तियारले निजी क्षेत्रलाई समेत छानविन गर्नु अधिनायकबादतर्फ सरकारको अर्को फड्को भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.कोईरालाले नेपालको संविधानको धारा २३९ ले स्पष्ट रुपमा ‘सार्वजनिक पद धारण गरको व्यक्ति’ भनेर किटान गर्दागर्दै यसरी विधेयक ल्याउनु अधिनायकवाद तर्फको सरकारको अर्को फड्को भएको बताएका छन् ।

साथै उनले अख्तियारले निजी क्षेत्रलाई समेत छानविनको दायरामा ल्याउने गरी तयार पारेको विधेयक संविधानको प्रावधान विपरित रहेको भन्दै उक्त टिप्पणी गरेका हुन् । डा कोईरालाले त्यति मात्र नभई हालका वर्षमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्बन्धमा अख्तियारको काम कारवाही प्रभावकारी हुन नसकेको स्थितिमा यो विधेयक उसको आफ्नो मूल काम छाडेर अन्तै ध्यान मोड्न खोजिएको षडयन्त्र भएको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पब्लीक लिमिटेड कम्पनीलाई छानबिन गर्न पाउने कुरा आईरहेका बेलामा डा कोईरालाको उक्त अभिव्यक्ति आएको हो ।

 

उनको ट्वीटः अख्तियारले निजी क्षेत्रलाई समेत छानविनको दायरामा ल्याउने गरी तयार पारेको विधेयक संविधानको प्रावधान विपरित छ । नेपालको संविधानको धारा २३९ ले स्पष्ट रुपमा ‘सार्वजनिक पद धारण गरको व्यक्ति’ भनेर किटान गर्दागर्दै यसरी विधेयक ल्याउनु अधिनायकवाद तर्फको सरकारको अर्को फड्को हो ।

त्यति मात्र नभई हालका वर्षमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्बन्धमा अख्तियारको काम कारवाही प्रभावकारी हुन नसकेको स्थितिमा यो विधेयक उसको आफ्नो मूल काम छाडेर अन्तै ध्यान मोड्न खोजिएको षडयन्त्र हो ।