अन्तर्राष्ट्रिय

कोरोनाका कारण साउदी अरबले यसवर्ष अन्तराष्ट्रिय हज यात्रीलाई लगायो प्रतिबन्ध

९ असार काठमाडौं । विश्वभर कोरोना माहामारी फैलिँदै गएपछि साउदी अरबले यसवर्ष अन्तरारष्ट्रिय हज यात्रीलाई प्रतिबन्ध लगाएको छ ।

विश्वबाट हरेक वर्ष हजयात्राका लागि साउदी अरबमा लाखौंको संख्यामा मुस्लिमहरु हजका लागि साउदी अरेबियामा जाने गरेपनि यो वर्ष कोरोना संक्रमणका कारण प्रवेश नदिने भएको छ ।

सामाजिक दूरी कामय गराएर मानिसहरुलाई संक्रमणबाट जोगाउने एक मात्र उपाय हज यात्रा रोक्नु रहेकाले यस्तो निर्णय लिइएको साउदी अरेबियाका अधिकारीले बताएका छन् ।

हाल साउदी अरेबियामै रहेका सीमित देशहरुलेभने हजयात्रागर्न पाउने त्यहाँको सरकारी सञ्चारमाधयमले जानकारी दिएका छन् । सामान्य अवस्था हुँदा हजयात्रामा २० लाख मानिस हुने गर्दथे ।