राजनीति

डा भट्टराईको टिप्पणीः कोरोना संकट बढ्दै छ, बेसार बहस भन्दा माथि उठौं

९ असार काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीट माफर्त मुलुकमा कोरोनाको संकट झनै बढ्दै गएको हुँदा बेसार बहसभन्दा माथि उट्न जरुरी रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केहिसमय अघि हाम्रो भान्सामा हुने बेसार, मेथि जस्था वस्तु औंषधि भएको बताएपछि विभिन्न व्यंग्यात्मक टिप्पणीहरु भईरहेकाबेला डा भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।

साथै उनले खुला सिमानाले जोडिएको भारत विश्वको चौथो धेरै कोरोना संक्रमण र तीब्र गतिमा बढ्दै गरेको देश हुनु र पछिल्ला दिनमा नेपालमा पनि कोरोनाको संकट कम नभईन बढ्दैछ गएको बताएका छन् । 

 

उनको ट्वीटः खुला सिमानाले जोडिएको भारत विश्वको चौथो धेरै COVID-19 संक्रमण र तीब्र गतिमा बढ्दै गरेको देश हुनु र पछिल्ला दिनमा नेपालमा प्रतिदिन ५००भन्दा बढी केस थपिनुले संकट कम हैन बढ्दैछ ! बेसार बहस भन्दा माथि उठौं !