राजनीति

स्कुल नखुलुन्जेल कुनै शुल्क नतिर्न अभिभावकलाई नेविसंघको अपील, सबैतिर नेविसंघको प्रशंसा

८ असार, काठमाडौं । नेपााली काँग्रेसको विद्यार्थी भातृसंस्था नेपाल विद्यार्थी संघले अभिभावकहरुलाई स्कु्ल तथा कलेजको कुनैपनि प्रकारको शूल्क नतिर्न आग्रह गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ती जारी गर्दै आईतबार प्याव्सन र एन प्याव्शनले शुल्क तिर्न अभिभावकलाई आग्रह गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै स्कुल नखुलुन्जेलसम्म कुनैपनि प्रकारको शुल्क नतिर्न आग्रह गरेका हुन् ।


अध्यक्ष ढुंगानाले शिक्षा मन्त्रालयले समेत स्कुल नखुलुन्जेल कुनैपनि शुल्क नतिर्न आग्रह गर्दागर्दै त्यसको बखिलाप गर्दै प्याव्सन र एन प्याब्सनले शुल्क माग्ग्नु गैरजिम्मेवारीपन भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन समेत आग्रह गरेका छन् ।

आईतबार प्याव्सन र एन प्याव्सनले शुल्क तिर्न र भर्ना हुन आग्रह गर्दै अभिभावकसँग आग्रहसहितको विज्ञप्ती निकालेको थियो । नेविसंघको उक्त विज्ञप्तीपछि अभिभावकहरु खुशी हुँदै सामाजिक सञ्जालमा धन्यबाद दिन थालेका छन् ।