पर्यटन/संस्कृति

मन्त्री भट्टराई बोल्नै लाग्दा जब अश्लील भिडियो देखियो……

८ असार, काठमाडौं । आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई जुम मिटिगंमा बोल्दा बोल्दै पोर्न भिडियो देखिएको छ ।
पर्यटन सचिव केदारबहादुर अधिकारी बोलेको केहीबेरमा नै बोल्न लागेका मन्त्री भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो देखिएको हो । उक्त बैठकमा पोर्न भिडियो देखिएपछि बैठक आयोजकले तत्काल बैठक अबरुद्ध गरेको थियो ।
यसभन्दा अगाडी पनि पटक पटक जुम बैठकमा सहभागी भएका मन्त्री भट्टराईको यसपटक भने उक्त अश्लील भिडियोका कारण बैठक समस्यामा परेको छ ।

कोरोना भाईरसको महामारीका कारण बैठक गर्न समस्या भएकाले विश्वमा नै जुम बैठकको चलन आएको छ भने नेपालमा पनि यसको शुरुवात केही अगाडीदेखी नै भएको हो ।

भारतमा जुम बैठक, सामाजिक सञ्जाल टिकटक, पब्जी झण्डै झण्डै निशेध नै छन् । नेपालमा भने पब्जी निशेध गरिएको भएपनि जुम बैठक औपचारिक बैठकका लागि प्रयोग झनै बढ्दै गएको देखिन्छ । सामाजिक सञ्जाल टिकटकको प्रयोग पनि बढ्दै गएको देखिन्छ ।

मन्त्री नै बोल्दाबोल्दै देखिएको पोर्न भिडियोले जुम बैठकमाथी नै प्रश्न चिन्ह खडा भएको छ ।