कर्णाली प्रदेश

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

मान्म, ८ असार ९ । कर्णाली राजमार्गअन्र्तगत खाँडाचक्र नगरपालिका–३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति परेको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो ।

पहिराका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र अहिले खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सडकभन्दा माथिबाट पहिरो आएको र अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।