सामाजिक सञ्जाल

यस्तो राजनीतिले अब जनतालाई झुक्याउन भने सहज छैनः डा आचार्य

साझा पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यले शक्ति केन्द्रको टेको, अवसरवाद, भ्रष्टाचारको कमाइ, इमेज–बिल्डिङ, र सस्तो लोकप्रियताको राजनीतिले अब झुक्याउन नसकिने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त प्रवक्ता आचार्यले कुनै नेताको राजनीतिक अभ्यास मुल्य–मान्यता, आदर्श, निष्ठा र राष्ट्रिय स्वार्थको लिकबाट बाहिर जान्छ, अनि राजनीतिमा टिक्नका लागि शक्ति केन्द्रको टेको, अवसरवाद, भ्रष्टाचारको कमाइ, इमेज–बिल्डिङ, र सस्तो लोकप्रियतामा भर पर्नु पर्ने अवस्था रहेको बताएका छन् । उनले यस्तो राजनीतिले अब जनतालाई झुक्याउन भने सहज नभएको प्रतिक्रिया जनाएका छन् ।

उनको ट्वीटः जब कुनै नेताको राजनीतिक अभ्यास मुल्य–मान्यता, आदर्श, निष्ठा र राष्ट्रिय स्वार्थको लिकबाट बाहिर जान्छ, अनि राजनीतिमा टिक्नका लागि शक्ति केन्द्रको टेको, अवसरवाद, भ्रष्टाचारको कमाइ, इमेज–बिल्डिङ, र सस्तो लोकप्रियतामा भर पर्नु पर्दछ । यस्तो राजनीतिले अब जनतालाई झुक्याउन भने सहज छैन ।