राजनीति

अंगिकृत नागरिकता खोस्ने कानुन सामाजिक, राजनीतिक र संबैधानिक व्यवस्था विपरीतः उपसभापति निधि

८ असार, काठमाडौं । नेपाली काँग्रेसका उपसभापती बिमलेन्द्र निधिले अंगिकृत नागरिकता खोस्ने कानुन सामाजिक, राजनीतिक र संबैधानिक व्यवस्था विपरीत रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता निधिले वर्षौं देखि कानुन सम्मत ढंगले पाईरहेको वैवाहिक अंगिकृत नागरिकताको अधिकार खोस्ने कानुन सामाजिक, साँस्कृतिक, राजनीतिक र संबैधानिक व्यवस्थाको विपरीत नै भएको दाबी गरेका हुन् ।

उनले नेकपा सरकारको य‍ो कदम प्रतिगामी र अन्तर्ध्वंसी हो, भन्दै उनले राष्ट्रहीत विपरीत हो– यो स्वीकार्य योग्य छैन भनेका छन् ।

नेपाली युवासंग बिहे गरेकी बिदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने राज्यव्यवस्थाको को समितिले आईतबार पारित गरेकोमा कांग्रेसको फरक मत आएकाबेला नेता निधिले पनि उक्त कार्यको बिरोध गरेका छन् ।

उनको ट्वीटः वर्षौं देखि कानुन सम्मत ढंगले पाईरहेको वैवाहिक अंगिकृत नागरिकताको अधिकार खोस्ने कानुन सामाजिक, साँस्कृतिक, राजनीतिक र संबैधानिक व्यवस्थाको विपरीत नै हो । नेकपा सरकारको य‍ो कदम प्रतिगामीहो, अन्तर्ध्वंसी हो, राष्ट्रहीत विपरीत हो– यो स्वीकार्य योग्य छैन।