राजनीति

नेता गुरुगं जंगिएः बिहा गर्ने बित्तिकै नागरिकता नदिए भारत रिसाउँछ भन्नु हाँस्यास्पद

८ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुगंले नागरिकताको बिषयमा भारतीय पुरुषसँग बिहे गरेर जाने नेपाली चेलीले भारतीय नागरिकताका लागि ७ वर्ष कुर्नु पर्दा नेपाल–भारत संबन्ध नबिग्रिने तर नेपाली पुरुषसँग बिहे गरेर आउने बिदेशी बुहारीका लागि नेपाली नागरिकता प्राप्त गर्न ७ वर्षे प्राब्धानले नेपाल-भारतको संबन्ध बिग्रने? भन्दै कडा प्रश्न गरेका छन् ।

उनले भारतीय चेलीलाई बुहारीको रुपमा भित्र्याउँदा भारत रिसाउने तर नेपाली चेलीलाई भारतीयले बिबाह गर्दा ७ बर्ष कुर्नपर्ने भन्ने दमदार तर्कसहित नेता गुरुगं नागरिकताको बिषयमा सरकारसंग बिच्किएका हुन् ।

नेपाली कँँग्रेसकै केही नेताहरुले खुलेर नागरिकताको बिषयमा ७ बर्षको समय राखी बुहारी वा ज्वाईँलाई बन्देज गराउन बनाईएको कानूनको बिरोध गरिरहेका बेला नेता गुरुगं भने राष्ट्रियताका पक्षमा खुलेर लागेका छन् ।

नेता गुरुगंको स्टाटस्ः भारतीय पुरुषसँग बिहे गरेर जाने नेपाली चेलीले भारतीय नागरिकताका लागि ७ वर्ष कुर्नु पर्दा नेपाल–भारत संबन्ध नबिग्रिने तर नेपाली पुरुषसँग बिहे गरेर आउने बिदेशी बुहारीका लागि नेपाली नागरिकता प्राप्त गर्न ७ वर्षे प्राब्धानले नेपाल-भारतको संबन्ध बिग्रने? हाँस्यास्पद तर्क नगरौं।